मनकामना केबुलकार बन्द गर्ने आदेशप्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि
इन्भेष्टोपेपर । बैशाख १०, २०७८
जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताउनुभयो ।
‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो’ श्रेष्ठले थप्नुभयो ।
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ ।
