घरबाटै शेयर काराेबार गर्न नेपाल मर्चेण्ट बैंकर एशोसियसनकाे अनुराेध
इन्भेष्टोपेपर । जेष्ठ १, २०७८
विश्वव्यापी काेराना महामारीको कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको असहज परिस्थितिमा नेपाल मर्चेण्ट बैंकर एशाेसियनले अनलाइन मार्फत शेयर काराेबार गर्न अनुराेध गरेकाे छ । ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने तथा कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको जानकारी गराएकाे छ ।
नेपाल धितोपत्र बोर्डबाट मिति २०७८/०१/३० गतेको पत्र बमोजिम सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि work from home मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहक वर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसन हार्दिक अनुरोध गरेकाे छ ।
शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नु तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेकाे छ ।
