अब एक वर्षभन्दा कम अवधिमा शेयर बेचे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने
इन्भेष्टोपेपर । जेष्ठ १६, २०७८
अब शेयर किनेकाे एक वर्षभन्दा कम अवधिमा अर्थात ३६५ दिन भन्दा कम अवधिमा शेयर बेचे ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने छ भने एक बर्ष अर्थात ३६५ दिनपछि शेयर बेचेमा साविककै पाँच प्रतिशत लाभकर तिरे पुग्ने छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले शेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको यस्ताे भएकाे हाे । बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।
