पाैरखी युवाकाे कथा बाेकेकाे गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक (भिडियोसहित)
इन्भेष्टोपेपर । असार २, २०७८
संगीतकर्मी हरि लम्सालको स्वरमा ‘यो शिर झुकेको छैन’ बोलको गीत सार्वजनिक भएको छ। कपिल अन्जानले शब्द रहेको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतले अभिनय गरेका छन्।
गीतमा पौरोखी र स्वाभिमानी देशभक्त युवाको कथा रहेको छ। भिडियोलाई शक्ति पाख्रिनले निर्देशन गरेका हुन्।
मिलन तामाङले खिचेको भिडियो अन्जल शर्मा र शक्ति पाख्रिन स्वयं सम्पादन गरेका हुन्।
