सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च
इन्भेष्टोपेपर । असार १९, २०७८
सप्तकोसी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड दुइलाख ३० हजार क्युसेक पुगेको हो । सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आतंकित बनेका छन् ।
पानीको बहाव उच्च हुँदा समेत भारत सरकारले कोसी ब्यारेजका ५६ मध्ये ३० वटा मात्र ढोका खोलेको छ । सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवान हुने त्रास बढेको छ ।
सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
