हुम्लाबाट काठमाडौँमा लगिएका नौ बालबालिकाको उद्धार

इन्भेष्टोपेपर । असार २२, २०७

सिमकोट ।  हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुनर्मिलन गराएको हो ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगपालिका–६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट राष्ट्रिय बाल अधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले आठ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । आफना दुई बच्चालाई कक्षा १२ सम्म पढाइदिन्छु भनेर आफूबाट रु एक लाख लिएको अदनचुली–६ निवासी लालबहादुर शाहीले गुनासो पोख्नुभयो ।

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्सेनि धेरै बालबालिकाको बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले सम्बन्धित निकायले यस सम्बन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभजन शाहीले बताउनुभयो ।

त्यसैगरी हुम्लाका प्रजिअ गणेश आचार्यले उद्धार गरिएका बालबालिकालाई रु. पाँच हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । हिमाली नवीन समाज हुम्लाले पनि प्रत्येक बालबालिकालाई एक झोला तथा कापीकलम सहयोग गरेको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *