आदिकवि भानुभक्तको २ सय ८ औं जन्मजयन्ती मनाइँदै
इन्भेष्टोपेपर । असार २९, २०७८
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०८ औं जन्मजयन्ती मनाइँदै छ । भानुभक्त आचार्यको सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
यसैविच तनहु जिल्लाको भानु नगरपालिकाले भानुजयन्तीका उपलक्ष्यमा मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
