कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता
इन्भेष्टोपेपर । असार ३०, २०७८
कामना सेवा विकास बैंक लिमिटेडले रु.१,०००।– अंकित दरका १०,००,००० कित्ताले हुन आउने रु.१००,००,००,०००।– (अक्षेरुपी एक अर्ब) रकम बराबरको “९% KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
ग्राहकहरुलाई समयसापेक्ष सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखाकार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाहगर्दै आएको छ ।
