निर्धन उत्थान लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
इन्भेष्टोपेपर । असार ३०, २०७८
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले उक्त बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशसमेत दिएको थियाे ।
कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर सुरक्षित गर्न अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्राररमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
