किर्तिपुर नगरपालिकामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर
इन्भेष्टोपेपर । श्रावण २५, २०७८
काठमाडौ । किर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तथा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उदघाटन गर्नु भयो । समुदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो र प्रबन्धक मिना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमा स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारी , उपस्थिति रहेको उक्त उदघाटन समारोहमा नगर प्रमुख रमेश महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम/सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी सेवा उपलव्ध गराउन आग्रह गर्नुभयाे । नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरि राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको र परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा कृषि विकास बैंक लि. परिवारलाई धन्यवाद दिनुभयो ।
किर्तिपुर नगरपालिका परिसरमा राखीएको एटिएम मेसिनको शुभारम्भ, ढुंगेधारा सहितको बगैचा उदघाटन समेत नगर प्रमुख रमेश महर्जन र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयूक्त रुपमा गर्नु भएको थियो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताउनु भयो ।
त्यसै गरी नगरपालिका उप–प्रमुख तथा समारोहका अतिथी सरस्वती रिजालले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिका परिशर भित्र बैकले राखी दिएको एक्सटेन्सन काउण्टरले राजश्व संकलन तथा बैंकिङ्ग कारोबार महत्वपूर्ण सेवा उपलव्ध गराउने, नगरपालिका परिसर भित्र बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरि बगैचा निमार्णमा महत्वपूर्ण भूमिका खेलेकोमा हार्दिक धन्यवाद दिनु भयो ।
उदघाटन कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक लि. बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख ध्रुव पौडेल र किर्तिपुर शाखाका कर्मचारीहरुकाे उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन शाखा प्रमुख बिनोद कोईरालाले गर्नु भएको थियो ।
