ङादी ग्रुपको २०% बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

इन्भेष्टोपेपर । भाद्र १७, २०७

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गते अर्थात् शुक्रवार बुक क्लोज गर्ने घाेषणा गरेकाले आजसम्म शेयर कायम रहेका शेयर धनीले लाभांश पाउनेछन । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *