कविता : गर्ज अवला

— कुल थापा

(शिखरिणी छन्दमा)

हिमाली पाखाले, नवोदित हुँदै सन्देश दियो
नेपाली भाखाले, उठ् उठ् भनि व्यूझाई दियो।
छ हाम्रो कामना, विकसित गर सम्पूर्ण कला
हे देश्का नारी हो ! एकजुट हुँदै गर्ज अवला ।।

देखि रातो रंग, पुलकित बनौ क्षितिजको
सबै कालो मैलो, हटाउँ अव लौ समाजको।
नराम्रो बानीली, जवसम्म तिम्लाई कुल्चिरहला
विरोध्मा त्यसैको, एकजुट हुँदै गर्ज अवला ।।

लिई उत्साहको, मसाल हातमा उत्र भूमिमा
सहाशी पानाले, रत्तिभर नडराई कर्म भूमिमा।
समान्ताको खोज्मा, उठेदेखि तिमी बन्छौ सवला
हे देश्का नारी हो ! एकजुट हुँदै गर्ज अवला ।।

कहाँ पाईला चाल्यो, सवका अगाडि यो समाजले
पछि धकेल्दै छ, हाम्रो यो रुढीवादी धारणाले।
लडौँ बढ्दै जाऔं, जवसम्म रातो रगत रहला
अन्यायकाे खिलाफ्, एकजुट हुँदै गर्ज अवला।।

पुरुषै नारीको, भेदभाव जवसम्म रहला
विकास यो देश्को, एकपाँग्रे बनेर कहाँ होला ?
कुचो दैलो पोती, घरधन्दा सबै पिनी मसला
भित्रै सड्ने हामी, होईनौ भनेर गर्ज अवला।।

समायो घाँटीमा, सधै डरहुने हिड्नलाई पनि
एकै हौं सन्तान, हेलाहोचो किन लौ नारीभनी ?
अर्धाङ्गीनी नारी, भनेर पहिर्याई मुखको माला
समान्ता हो यस्तै, कुचक्रले बाँधी पारि अवला।।

बुहारी छोरीमा, दुईमत कसरी यहाँ भयो ?
दशोटा मर्दका, भनेर उखान किन लेखियो।
सुहाउने सम्पूर्ण, पिटेपनि नारीलाई किन होला ?
विराेध्मा यसैको, समानता ल्याउन गर्ज अवला।।

कहानी नारीको, दर्दनाक बुझने कोही भए ?
ल मान्नोस् तिन्लाई, मानविय पाराका तिनैरहे।
सबैको साझा हो, सुखदुख भनि बाँडने गर ल
ए देशका नारी हो ! एकजुट हुँदै गर्ज अवला।।

श्रावण ९, २०४२, भैरहवा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *