कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त
इन्भेष्टोपेपर । आश्विन ०७, २०७८
काठमाडौं । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको संचालक सदस्यमा रमेशकुमार केसी मनोनयन हुनुभएकाे छ ।
नवनियुक्त संचालक सदस्य रमेशकुमार केसी सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त संचालक सदस्य रमेशकुमार के.सीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बुघवार सपथ ग्रहण गराउनु भएकाे थियाे ।
उक्त अवसरमा कृषि विकास बैंक लिका संचालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।
