राष्ट्रिय वाणिज्य बैंकद्धारा थप सात शाखा विस्तार
इन्भेष्टोपेपर । आश्विन २०, २०७८
काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।
बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको बलम्बु, थली, ललितपुर जिल्लाको ठैव, भक्तपुर जिल्लाको कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्लाकाे चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको मल्लरानीमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गर्नुुभयो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
