मन्त्री भएकाे तीन दिनमै राजीनामा, प्रधानमन्त्रीबाट स्वीकृत

इन्भेष्टोपेपर । आश्विन २४, २०७८

काठमाडौं । मन्त्री भएकाे तीन दिनमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजिनामा दिनुभएकाे छ । उहाँले आफू विवादमा पर्न नचाहेको प्रष्टीकरण पनि दिनु भएकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानन्यायाधीश राणा र न्यायालयकै आलोचना हुन थालेपछि हमालले राजीनामा गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *