पुनः देशैभरकै मौसममा बदलाव : केही स्थानमा चट्याङ, हावाहुरीसहित भारी वर्षाकाे सम्भावना

इन्भेष्टोपेपर । आश्विन ३१, २०७८

काठमाडौँ– देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । उपत्यकासहित मुलुकका कतिपय स्थानमा शनिबार रातिदेखि नै वर्षा सुरु भएको छ । वर्षा भएर केही समय खुले पनि आज दिउँसोबाट आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।

यस्तो छ विभागको आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ३१ गते आइतबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कात्तिक १ गते सोमबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कात्तिक २ गते मंगलवार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश न १, प्रदेश न २, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *