न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

इन्भेष्टोपेपर । कार्तिक ५, २०७८

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको जानकारी दिएको हो ।

कम्पनीले सर्वसाधारणकाे लागि जारी गरेकाे २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएकाे छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

यस कम्पनीेअसोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा विक्री गरेको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको थियाे । यी आवेदक मध्ये २ लाख ९ हजार २५० जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन भने २१ लाख ४७ हजार ९१६ जनाकाे हात खाली हुने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *