गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८

काठमाण्डाैं । नबिल बैंकले धादिङकँ गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँ पालिकासंग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ ।

बैकका संचालक श्रीमती आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रमबिच नबिल बैंककाे तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँ पालिकाकाे तर्फबाट अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउँ पालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *