उर्जा बचत कार्यमा संलग्न १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

इन्भेष्टोपेपर । कार्तिक १३, २०७८

काठमाण्डाैं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ काे अनुदान सहयोग कार्यक्रम अन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।

बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक/एक करोड रुपैंया, नेपाल वायर्स एण्ड केवल लाई ६४ लाख ८४ हजार रुपैंया, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैंया, पञ्चकन्या मेटल इन्जिनियरिङ्ग लाई ४४ लाख १९ हजार रुपैंया, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैंया उपलव्ध गराएकाे छ ।

यसैगरि क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैंया, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैंया, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैंया, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैंया, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैंया र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैंया रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउंदै हालसम्म ३० वटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *