क्यानकाे मुख्य प्रशिक्षकका लागि ६० जनाकाे आवेदन
इन्भेष्टोपेपर । कार्तिक १५, २०७८
काठमाण्डाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाले आवेदन दिएका छन् । गत भदौमा भएको ओमान सिरिजपछि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले कार्तिक १ गते खुला आवेदन माग गरेको थियो ।
नेपालको मुख्य प्रशिक्षक बन्नका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासनायकेदेखि भारतीय मोन्टी देशाईसम्मले आवेदन दिएकाे क्यानले जनाएकाे छ । क्यानलाई प्राप्त आवेदन मध्येबाट छनोट समितिले सर्ट लिष्ट तयार पारेर अन्तर्वार्ता लिनेछ ।
क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए)बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो । यस्तै न्यूनतम ५ वर्षको व्यवसायिक क्रिकेट प्रशिक्षकको अनुभव भएको हुनुपर्ने क्यानले सर्त उल्लेख गरेकाे छ ।
