ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटरहरु प्रदान

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८

काठमाण्डाैं । ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ – नुवाकोट स्थित प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गर्नुभ​एको हो।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सिपको विकास गर्न, विधार्थीहरुमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ​।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *