नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

इन्भेष्टोपेपर । कार्तिक २४, २०७८

काठमाण्डाैँ । नबिल बैंकले दराजको ११ . ११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा मिती २०७८/०७/२५ गते देखी २०७८/०८/०३ गते (तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१) सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम रु ३,०००।- क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५% छुट वा अधिकतम रु ३,५००।- सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नुहुनेछ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *