ग्याससहित पेट्राेलियम पदार्थकाे मूल्य बढ्यो
इन्भेष्टोपेपर । कार्तिक २५, २०७८
काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्याससहित पेट्रोल, डिजेल, मटितेलकाे मूल्य बढाएको छ ।
निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।
यसैगरी पेट्रोल २३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेल प्रतिलिटर ११९ रुपियाँ पुगेको छ ।

