गुँरास लाइफको साधारणसभा सम्पन्न

इन्भेष्टोपेपर । मंसिर १०, २०७८

काठमाणडाैँ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी रु. १,९७,८५,८४,६००।– को ५.५१ प्रतिशतले हुने आउने रकम रु. १०,८६,६५,४००।– अक्षेरुपी दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९ प्रतिशत रु. ५७,१९,२३१।५७ अक्षेरुपी सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा मात्र नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकज्यूहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *