नेपाली कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ
इन्भेष्टोपेपर । मंसिर १३, २०७८
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मीले १८२९ र गोकर्ण केसीले १९२२, सचिवमा इन्द्रबहादुर थापाले १९१५ र गोविन्द पुडासैनीले १८१७ र सहसचिवमा रोमेल श्रेष्ठले १७७५ र प्रा डा अमिता प्रधानले २०६६ मत ल्याई निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । (रासस)
