एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

इन्भेष्टोपेपर । मंसिर १३, २०७८

सौराहा । नेकपा एमालेको जारी दसौँ महाधिवेशनमा उम्मेदवारी दिने क्रम जारी रहेको छ । अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको छ । ओलीको प्रस्तावक विष्णु पौडेल र समर्थक शंकर पोखरेल रहनुभएको छ ।

पौडेल उपाध्यक्ष र पोखरेल महासचिवको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी उपाध्यमा विष्णु पौडेल, युवराज ज्ञवालीलगायतले पनि उमेम्दवारी दर्ता गर्नुभएको छ । सचिवमा योगेश भट्टराई, भीम आचार्यलगायतले दर्ता गर्नुभएको छ ।

अहिलेसम्म उम्मेदवारी दर्ता गराउनु भएका रावल, भुसाल र आचार्य आइतबार मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गर्नुभएको पदाधिकारी सूचिमा अटाउनु भएको छैन । निर्वाचन आयोगले अब उम्मेदवारी दर्ता प्रक्रिया सकेपछि निर्वाचनको काम थाल्ने जानकारी दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *