नबिल डिबेन्चर – २०८५ को सूचीकरणको लागि सम्झौता

इन्भेष्टोपेपर । मंसिर १६, २०७८

काठमाण्डाैँ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८ प्रतिशत नबिल डिबेन्चर २०८५” चुक्ता मूल्य रु. १,०००।- कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गर्नुभयो । यस डिवेन्चरकाे दोश्रो बजारको कारोबार २०७८/०८/१६ देखि नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *