द्वन्द्व पीडित अपांग समाज-नेपाललाई ज्योति विकास बैंकको सहयोग

इन्भेष्टोपेपर । मंसिर १८, २०७८

काठमाण्डाैँ । ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज – नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधान द्वारा शंखारापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग समाज – नेपालका अध्यक्ष युबराज थापालाई रु. ५० हजार बराबरको औषधी हस्तान्तरण गर्नुभएको हो।

द्वन्द्व पीडित अपांग समाज – नेपाल नेपालमा द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैर-सरकारी सामाजिक संस्था हो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *