पृथ्वीको सबैभन्दा अग्लो स्थान सगरमाथा, सबैभन्दा गहिरो स्थान कुन ?

इन्भेष्टोपेपर । मंसिर १८, २०७८

पृथ्वीको सबैभन्दा अग्लो स्थान सगरमाथा शिखर हो भने सबैभन्दा गहिरो स्थान कुन होला ? याे जिज्ञाशाकाे पनि वैज्ञानिकहरूले समाधान खाेजिसकेका छन । पृथ्वीको जमिनमा सबैभन्दा गहिरो स्थान पूर्वी एन्टार्कटिका डेनम्यान हिमनदीको मुनि भएको पत्ता लागेको छ।

हिउँ भरिएको सो खोच समुद्र सतहभन्दा ३.५ किलोमिटर (११,५०० फिट) गहिरो छ। समुद्रमुनि रहेका स्थानमात्रै त्यो भन्दा गहिरा छन्। सो तथ्य एन्टार्कटिकाको नयाँ नक्सामा देखाइएको छ जहाँ बाक्लो हिउँमुनि रहेको महादेशको जमिनको आकारप्रकार देखाइएको छ।

हिउँ वा पानीले नपुरिएको पृथ्वीको सबैभन्दा गहिरो जमिनको भाग डेड सीको किनार हो जुन समुद्री सतहभन्दा ४१३ मिटर गहिरो छ। “सागरमा रहेका खाडलहरू यो भन्दा गहिरा छन् तर यो नै जमिनमा भएको सबैभन्दा गहिरो खोच हो,” सो नयाँ नक्सा बनाउन छ वर्ष काम गरेका डा. म्याथ्यु मोर्लिघम भन्छन्।

“डेनम्यानको फेदमा आवाज पुर्‍याएर यसको गहिराई नाप्ने धेरै प्रयास भए तर प्रत्येक पटक त्यहाँ माथिबाट त्यस्तो कार्य गर्ने हवाईजहाज उड्दा राडार तथ्याङ्क देख्न सकिएको थिएन।” “यो यति गहिरो छ कि नाप्ने आवाज भित्ताहरूमा ठोक्किएर प्रतिध्वनि आउँछ र गहिराई नाप्न गार्‍हो हुन्छ।”

डेनम्यान
डेनम्यानको गहिरो भाग (गाढा नीलो रङ्गमा देखिएको) २० किलोमिटर चौडा र १०० किलोमिटर लामो छ ।

सागरमा रहेको सबैभन्दा गहिरो स्थान प्रशान्त महासागरको मारियाना ट्रेन्च समुन्द्री सतहभन्दा झन्डै ११ किलोमिटर तल छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *