२६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

इन्भेष्टोपेपर । मंसिर १८, २०७८

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् ।

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार गत आवको वितरण योग्य नाफाका आधारमा नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ भने नेपाल एसबिआइ बैंकले सबैभन्दा कम लाभांश वितरणकाे घाेषणा गरेका छन् ।

लाभांश घाेषणा गरेका बैंकहरूः

  • १. नबिलले ३३.६ प्रतिशत बोनस शेयर तथा ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
  • २. हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस शेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ ।
  • ३. सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९ प्रतिशत नगदसहित १७.८९ प्रतिशत लाभांश दिने भएको छ ।
  • ४. नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत,
  • ५. प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०. ६३ प्रतिशत नगद गरी कूल १६.६३ प्रतिशत,
  • ६. नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६२ प्रतिशत बोनस तथा ३.३८प्रतिशत नगदसहित १६ प्रतिशत,
  • ७. सिटिजन्स बैंकले १२.९१ प्रतिशत बोनस तथा ३.०९ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।
  • ८. एनएमबी बैंकले १२.५ प्रतिशत बोनस शेयर तथा ३.३ प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत,
  • ९. एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८ प्रतिशत नगद गरी १५ दशमलव ७८ प्रतिशत,
  • १०. नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगदगरि १५.५ प्रतिशत,
  • ११. सिद्धार्थ बैंकले १४.२५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत,
  • १२. माच्छापुच्छे बैंकले १३.३ प्रतिशत बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत ,
  • १३. बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत,
  • १४. ग्लोबल आइएमइ बैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत,
  • १५. स्ट्याण्डर्ड चार्टड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
  • १६. प्रभु बैंकले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ ।
  • १७. मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ प्रतिशत नगदसहित १२ दशमलव शून्य सात प्रतिशत,
  • १८. लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद गरेर ११ दशमलव पाँच प्रतिशत,
  • १९. एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगदसहित १०.३२ प्रतिशत,
  • २०. कुमारी बैंकले छ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगदगरि ८.६७ प्रतिशत,
  • २१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगदसहित ८.४२ प्रतिशत,
  • २२. सनराईज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत र
  • २३. नेपाल एसबिआइ बैंकले सबैभन्दा कम ३.५ प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अब शेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन् । घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् ।

लाभांश घोषणा गरेकामध्ये १४ बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज)को समय तोकेकामा ११ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *