सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण
इन्भेष्टोपेपर । मंसिर २४, २०७८
काठमाण्डाैं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्चशिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहकावीच न्यानो कम्बल बितरण गरिएको हो ।
उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रमअधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाट लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायतविभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।
