नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित
इन्भेष्टोपेपर । मंसिर २९, २०७८
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक पनि शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ ।
गत शुक्रवारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । हाल पाँचौंपटक प्रधानमन्त्री रहनुभएका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित हुनुभएकाे हाे । उहाँलाई सभापति पदका लागि २ हजार ७३३ मत प्राप्त भयो भने प्रतिद्वन्दी शेखर कोइरालालाई १ हजार ८५५ मत प्राप्त भयाे ।
निर्वाचन समितिका अनुसार तर अन्तिम आधिकारिक मत घोषणा गर्न भने बाँकी छ । दोस्रो पटकको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको छ । निर्वाचनमा ३५ मत बदर भएको छ ।
पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँच जना उमेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकाबीच मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।
