नेपाल बैंकको साधारण सभा भुर्चुअल माध्यमबाट आज हुँदै
इन्भेष्टोपेपर । पुष २, २०७८
काठमाडौं । नेपाल बैंक लिमिटेडकाे आज (शुक्रवार) ६२औं वार्षिक साधारण सभा हुँदैछ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे भुर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १७ प्रतिशत लाभांशलाई पनि पारित गर्नेछ ।
मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन ।
