श्रृजनशील लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

इन्भेष्टोपेपर । पुष ९, २०७८

काठमाण्डाैँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता गरियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *