सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

इन्भेष्टोपेपर । पुष १८, २०७८

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।   

यस सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।  उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक/वित्तिय संस्था र ३भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइ सकेका छन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *