अब क्रस होल्डिङ रहेका लघुवित्तलाई मर्जरको जान राष्ट्र बैंकको निर्देशन

इन्भेष्टोपेपर । पुष १९, २०७८

काठमाण्डाैँ । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ रहेका लघुवित्त कम्पनीहरुलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एकिकृत निर्देशन-२०७७ मा सम्शाेधन जारी गर्दै क ख र ग वर्गका एउटै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु बीच एक आपसमा मर्ज हुन कार्ययोजना पेश गर्न निर्देशन दिएको हो।

त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी क ख र ग वर्गाका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मशान्तभित्र राष्ट्र बैंकलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *