विशालकाय ढुंगा, जो भिरालो जमिनमा पनि अडिएको छ
इन्भेष्टाेपेपर । जेठ २२, २०७९
संसारमा बडा विचित्रका वस्तुहरू र घटना देख्न र सुन्न पाईन्छ की जसलाई हत्तपत्त पत्याउन गाह्राे पर्दछ । यस्तै दक्षिण भारत रहेका विशालकाय ढुंगाे, जसको चर्चा झन झन बढ्न थालेको छ ।
भारतीय मिडियाका अनुसार दक्षिण भारतको तमिलनाडू राज्यकाे मामल्लपुरममा रहेको यो ढुंगा १२०० बर्ष पुरानो हो । करीव ६ मिटर (२० फिट) उचाई र ५ मिटर अर्थात १६ फिट चौडा भएकाे यो विशालकाय ढुंगा भिरालो जमिनमा अडिएको छ । यसकाे वजन करीव २५० टन भएकाे अनुमान गरिएकाे छ ।
यस ढुंगाकाे पछाडी पट्टिकाे माथिल्लाे भाग ताछिएकाे छ भने अन्य तीनतिरबाट हेर्दा गाेलाकार नै देखिन्छ । तमिल भाषामा यसकाे वास्तविक नाम Vaan Irai Kal भनिन्छ जसकाे अर्थ अाकाश देवताकाे पत्थर (Stone of Sky God) भन्ने अर्थ बुझाउँछ ।
प्राकृतिक दुर्घटनाका कारण यस्तो ठाँउमा अड्डिएको र यसलाई दुनियाको जस्तो सुकै ठूलो तागतले पनि हल्लाउन नसकिने बताइदै आइएको छ । जसको विषयमा अहिलेसम्म बैज्ञानिहरुले समेत वास्तविक कारण पत्ता लगाउन सकिरहेका छैनन् ।

पौराणिक मान्यता अनुसार कृष्ण भगवानले आफ्नो बाल अवस्थामा यो पथ्थर यहाँ झारिदिएको विश्वार रहँदै आएको छ । हिन्दू धर्मअनुसार याे ढुंगालाई कृष्णाकाे बटरबल (Krishna’s Butterball) भनेर पुकारिन्छ वा यही नाम संसारभर प्रचलित छ ।
— एजेन्सीकाे सहयाेगमा
