एनएमबि बैंकको साधारणसभा सम्पन्न : १५.८ प्रतिशत लाभांश पारित

इन्भेष्टोपेपर । पुष २३, २०७८ 

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको साधारणसभा पुस २२ गते बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *