कृषि विकास बैंकको पन्ध्रौ वार्षिक साधरण सभा सम्पन्न, २१.०५% लाभांश पारित

इन्भेष्टोपेपर । पुष २९, २०७८

काठमाण्डाैँ । कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्च्यूअल माध्यमबाट सम्पन्न भयो । कृषि विकास बैंक लि.को पन्ध्रौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेश कुमार के.सी.को अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै, नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी. र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

भर्च्यूअल माध्यमबाट गर्ने भनिएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, बैंक संचालक समितिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गर्नु भएको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *