सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत

इन्भेष्टोपेपर । माघ ४, २०७८

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।

संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भईरहेको जानकारी दिनु भएको थियो ।

निर्वाचन आयोगले सरकारलाई बैशाख भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति समेत प्रस्ताव गरिसकेको छ । मन्त्री कार्कीले भन्नु भयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा रामचन्द्र पौडेलजीको संयोजकत्वमा बैठक सम्पन्न भएको छ ।

बैठकमा मूल रुपमा दुईटा कुरामा छलफल केन्द्रित छ । नम्बर वान, माग १२ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको विजयलाई कसरी सुनिश्चित गर्ने, यसबारेमा छलफल भएको छ । र अर्को, समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

स्थानीय तहको निर्वाचन दसमयमै सम्पन्न गर्ने, जे संविधानमा व्यवस्था छ । सोही अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ । तपाईले उठाउनु भएको प्रश्न जायजै होला । निर्वाचन आयोगसँग परामर्श भईराखेको छ । निर्वाचन आयोगसँग परामर्श भएर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजदुत बनाउँदै र स्थानीय जुन सरकार छ, त्यसले जनतालाई अरु बढि प्रभावकारी रुपमा सेवा, सुविधा पु¥याउने कुरामा सरकार गम्भिर छ र समयमै स्थानीय तह निर्वाचन सम्पन्न गराउँछ । सरकारले निर्वाचन आयोगसँग त लगातार छलफल गरिरहेको छ । तपाईहरुलाई जानकारी भईहाल्छ । मैले तपाईहरुलाई भन्न चाहन्छु–समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।’

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो । गठबन्धन दलहरुबीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताउनु भयो । राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *