भारतको प्रतिष्ठित ब्रान्ड ‘जेके’ को ओटीआर टायर नेपालमा

इन्भेष्टोपेपर । माघ १७, २०७८

काठमाडौं । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ ।

एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे । सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक छ । जेके टायरका गुणस्तरयुक्त टायर त्यस्ता उपकरणका लागि उपयुक्त हुने र हेभी इक्विपमेन्ट व्यवसायीहरुले फाइदा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।’

जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

ग्राहकको माग अनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिष्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने उनले बताए ।

कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायर देखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ ।

जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।

क्याटरपिलर, बीईएमएल, जेसीबी, लीब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इक्विपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरुको लागि जेके टायर एक विश्वसनिय आपूर्तिकर्ता पनि हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *