मुक्तिनाथ विकास बैंक र बजेट पसल डट कमबीच सम्झाैता
इन्भेष्टोपेपर । माघ १७, २०७८
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कम सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।
बजेट पसल डट कम द्वारा केही किल्कबाटनै सजिलै विभिन्न सामाग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट रु ३,००० भन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ % सम्म छुटको फाइदा लिनसक्नेछन् ।
