त्रिवि अन्तर्गतका स्थगित परीक्षा फागुनमा

इन्भेष्टोपेपर । माघ २०, २०७८

काठमाडौँ ।  कोरोना सङ्क्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान चार वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमिततर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन् । यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन् ।

सञ्चालनकै क्रममा कोरोना सङ्क्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो । पनिकाले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ ।

स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *