उर्वशी रौटेला ६४ करोडको गाउन लगाएर अरब फेसन वीकमा

इन्भेष्टोपेपर । माघ १८, २०७८

काठमाडौं । चर्चित बलिउड अभिनेत्री उर्वशी रौटेलाले अरब फेसन वीकमा हाई थाई स्लिट गोल्डन गाउन लगाएर प्रस्तुत भइन् । टाउकोदेखि खुट्टासम्म हिरा रअन्य गहनाले बनेको गाउनमा उर्वशी सजिएकी थिइन् । उनको यो गाउनको मूल्य ६४ करोड रहेको छ ।

उर्वशी राैटेला समय समयमा आफ्नो बयान र फेशनका कारण चर्चामा रहने गरेकी छिन् । यो बीचमा उनी आफ्नो सुन्दरतालाई ६४ करोडको पहिरनले सुनमा सुगन्ध थपेपछि चर्चित भइन् ।

६४ करोडको पहिरनको सुन्दरतामा उनका प्रशंसकहरु मोहित बनेका हुन् । उनी अरब फेसन वीकमा दोस्रो पटक समावेश हुने पहिली भारतीय महिला बनेकी छिन् । अहिले उनको पहिरनको चर्चा भने निकै चुलिएको हो ।

उनले याे गाउन लगाएर फेसन वीकमा भाग लिएकाे आफ्नो तस्विर र भिडियोलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *