उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा नबिल बैंकको सहकार्य

इन्भेष्टोपेपर । फागुन ६ २०७८

काठमाण्डाैँ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्येश्यले नबिल बैंक र कम्युनिटी होम स्टे नेटवर्कबीच सम्झौता भएको छ । कम्युनिटी होम स्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होम स्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्येश्यकासाथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो ।

कम्युनिटी होम स्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होम स्टे नेटवर्कलाई आन्तरिक तथा अन्तरास्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । कम्युनिटी होम स्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होम स्टेहरूको नेटवर्कलाई प्रबर्धन गर्दछ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यस सम्झौतामार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा टेवा पुग्ने आशा लिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *