सडक र संसदमा एमसीसीबारे आन्दोलन भईरहेको छ : उपाध्यक्ष दुर्गा पौडेल

इन्भेष्टोपेपर । फागुन ६ २०७८

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसदमा एमसीसीबारे आन्दोलन गरिरहेको बताउनु भयो । उहाँले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताउनु भयो । उपाध्यक्ष पौडेलले एमसीसीमा अनन्तकालसम्म नेपाललाई बन्देज बनाउने कुराहरु समावेश भएकोले यो नेपाली जनालाई स्वीकार्य नहुने बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘गठबन्धनको मिटिङमा पनि हामीले यसको बिरोध गरिरहेका छौँ । राष्ट्रिय जनमोर्चाले एमसीसीको कुनै बुँदा मात्र खारेज गरेर हुँदैन, यस्तो अनन्तकालसम्म नेपाल बन्देज बनेर बस्ने खालको बुँदाहरु थुप्रै छन् । जसले एक दुई वटा बुँदा खारेज गर्दैमा यो पास गर्न लायक हुन्छ भन्ने भ्रममा नपरौँ ।

एमसीसी कुनै पनि हालतमा स्वीकार्य छैन । यो खारेज हुनुपर्छ । यो टेबुल पनि गर्नु हुँदैन । संसदमा पेश गरिनु पनि हुँदैन । यसलाई फिर्ता गर्नुपर्छ । यस्तो खतरनाक किसिमको एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन यो सम्झौताले खोजेको छ ।’

उपाध्यक्ष पौडेलले एमसीसी संसदमा टेबुल हुन पनि दिन नहुने भन्दै एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन नदिने बताउनु भयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *