नेपाल टेलिकमकाे प्रजातन्त्र दिवस अफर

इन्भेष्टोपेपर । फागुन ६ २०७८

काठमाण्डाैँ । भोलि फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *