विश्वकप क्रिकेटको छनौट खेलमा आज नेपालको निर्णायक खेल हुँदै

इन्भेष्टोपेपर । फागुन १०, २०७८

नेपालले टि–ट्वान्टी विश्वकप छनौटमा आज मंगलबार निर्णायक खेल खेल्दैछ । ओमानमा जारी विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा मंगलबार नेपालले युनाइटेड अरब इमिरेट्स युएईसँग खेल्न लागेको हो । यो खेलको विजेता अष्ट्रेलियामा हुने पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेटको लागि छनौट हुनेछ ।

त्यसैले आज मंगलबारको खेल नेपाली टोलीका लागि पछिल्लो एक दशककै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकप खेलेको नेपाल दोस्रो पटक विश्वकपमा छनौट हुने डिलमा पुगेकोछ । समुहका सबै तिन खेल जित्दै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा पुगेको हो ।

समुह चरणमा नेपालले आयोजक ओमानसँगै फिलिपिन्स र क्यानाडालाई हराएको थियो । आजको सेमिफाइनलमा युएईलाई हराउन सके नेपालले विश्वकपको टिकट काट्नेछ । उता युएई भने समुहमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।समुह चरणमा युएईले बहराईन र जर्मनीलाई हराउँदा आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयरल्याण्ड र ओमन भिड्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *