वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको दु:खदपूर्ण निधन

इन्भेष्टोपेपर । फागुन ११, २०७८

काठमाण्डाैँ । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको ६६ वर्षकाे उमेरमा दु:खदपूर्ण निधन भएको छ । भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । बुधवार विहान आफ्नै निवासकाे अगाडी गाडीमा उहाँकाे शब भेटिएकाे थियाे ।

प्रहरीका अनुसार उहाँ फागुन ११ गते मंगलबार (हिजो) बेलुका ७ बजे बौद्धमा भोज छ भनी घरबाट निस्कनुभएकाे थियाे। बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत अवस्थामा भेटिनुभएकाे थियाे । गाडीबाट निस्कने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । लामाको शव अहिले प्रहरीको निगरानीमा घरमै छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका जन्मिनुभएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । पछिल्लो समय हास्य टेलीशृङ्खला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएकाे थियाे ।

लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीत चर्चित छन् ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गर्नुभएकाे थियाे । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *