महाशिवरात्रीकाे अवसरमा महालक्ष्मी विकास बैंकको शिविर

इन्भेष्टोपेपर । फागुन १९, २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको बताएको छ । बैंकको पोखरास्थित लेकसाइड शाखाले महाशिवरात्रि अवसरमा पोखरा महानगर–६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ ।

महाशिवरात्रीलाई लक्षित गरी केदारेश्वर मन्दिर दर्शनमा आएका व्रतालु तथा भक्तजनलाई दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको लेकसाइडका शाखा प्रबन्धक नवराज भण्डारीले बताएनुभयाे ।

महाशिवरात्रिमा केदारेश्वर मन्दिर दर्शनमा आउनुभएका करिब ५ हजार व्रतालु तथा भक्तजनलाई चिया, फलफूल तथा पानी वितरण गरिएको बैंकले बताएको छ । हाल बैंकले १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *